प्रेसमाथिको हस्तक्षेप मन्त्री बास्कोटालाई महंगो, मन्त्री पद चट् हुँदै

Gokul baskota

काठमाडौं । सञ्चार मन्त्री गोकुल बास्कोटाको निर्देशनमा नेपाल टेलिभिजनबाट प्रसारित हुँदै आएको ‘सिधा प्रश्न’ नामक कार्यक्रम बन्द भएपछि उनको चौतर्फी आलोचना भएको छ । मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रताको धज्जी उडाएको भन्दै उनलाई मन्त्री पदबाट हटाउन दबाब बढेको छ ।

बास्कोटाको चौतर्फी व्यापक आलोचना भएपछि प्रधानमन्त्री तथा नेकपाका शिर्ष नेताहरुको पनि ध्यानाकर्षण भएको बताईन्छ । संचार क्षेत्रको विकास, रचनात्मक र प्रभावकारी काम गर्न नसक्ने र बिवादास्पद काम गर्ने जो कोहीको विकल्प सोच्न सकिने प्रधानमन्त्री के पी ओली निकट स्रोतले बताएको छ ।

‘सिधा प्रश्‍न’ कार्यक्रमको अघिल्लो शनिबारको अंकमा सञ्चालक राजु थापाले मन्त्री बास्कोटासँग अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताका क्रममा मन्त्री बास्कोटाको सम्पत्तिबारे सोधिएको प्रश्नका कारण मन्त्री बास्कोटाले दबाब दिँदै कार्यक्रम बन्द गराइएको थापाको भनाई छ ।

कार्यक्रममा थापाले मन्त्री बास्कोटालाई दाइजोबाट प्राप्त गरेको सम्पतिबारे, कम्युनिष्ट भएर पनि किन दाइजो लिएको भन्दै प्रश्न तेस्र्याएका थिए।

१२ वर्षदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको कार्यक्रम मन्त्रीको निर्देशनमा बन्द भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको छ ।

यद्यपी बचाउ गर्नको लागि नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले नेपाल टेलिभिजनले मन्त्रीको निर्देशनमा नभई नियमित प्रक्रियाबाटै कार्यक्रम बन्द भएको दाबी गरेता पनि लामो समयदेखी लागातार चलिरहेको कार्यक्रम एक्कासी बन्द गरिँदा जनतामा आशंका उब्जिएको छ । मन्त्रीको प्रेसमाथिको यस्तो हस्तक्षेपकारी कार्यको चारैतिर आलोचना गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...