केपी ओलीका कारण मुलुक र लोकतन्त्रमाथि संकटः पौडेल

Ram chandra paudel

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षाले मुलुकलाई संकटमा पु¥याउने दावी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले २ तिहाई बढी सांसदहरुको समर्थन लिएर प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई संकट पार्न खोजेको गम्भिर आरोप समेत लगाए । सोमबार नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको महत्वकांक्षाले मुलुक संकटमा पर्न सक्ने भन्दै त्यसलाई टार्न सचेत भएर अघि बढन पनि पार्टीका युवा, विद्यार्थी संगठनहरुलाई निर्देशन दिए ।

उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वकालत गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि नै खेलबाड गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाकै कारण पार्टीले विपक्षको हैसियत समेत गुमाउने अवस्थाको सामना गरिरहनु परेको दावी गरे ।

उनले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समान दृष्टिले हेर्न समेत नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।वरिष्ठ नेता पौडेलले पार्टीलाई एकतावद्ध बनाउन सभापति देउवाको निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने माग पनि गरे ।

कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको आरोप लगाएका थिए ।नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्व राजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरेपनि सबैभन्दा बढि खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दावी गरे ।

नेता थापाले अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...