गृहजिल्लामा देउवाविरुद्ध आक्रोश र कार्यकर्ताको नाराबाजी

Sherbahadur deuba15

काठमाडौ‌ । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिरुद्ध आफ्नै गृहजिल्लामा नाराबाजी भएको छ ।

निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका छन्। पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो। ‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्,’ कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे। आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको भन्दै उनले आक्रोश पोखे। देउवा बोलिरहँदा कार्यकर्ताले ‘स्वेच्छाचारी बन्न पाईंदैन’ भन्दै नाराबाजी गरो थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...