नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काई छाड्छु : देउवा

Deuba.jpeg 9

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काई छाड्ने बताएका छन् ।

शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताए । आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे ।

‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने ‘सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ ।’

आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत मुखदर्शक बनेको उनको आरोप छ ।कार्यक्रममा हल्ला भएपछि एकछिन् मेरो कुरा सुन्नुहोस् भन्दै उनले भने ‘मेरो मात्रै विरोध गर्ने, ओलीको गरेको कामको विरोध नगर्ने ’

कार्यक्रममा कार्यकर्ताहरुले भने जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्न परेको भन्दै आक्रोस पोखेका थिए । कार्यकर्ताको गुनासो सुनेपछि देउवाले भने, ‘सबै मिलेपछि कांग्रेसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...