परराष्ट्रमन्त्री ज्ञवाली आज मंगोलिया जादै

Pradeep

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन आज मंगोलिया जाँदैछन् । 

यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लागेका हुन् ।

बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहेका लीलामणि पौड्याल पनि सहभागी हुनेछन् । मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...