असार ३० भित्र महाधिबेशन गर्नुपर्ने भएपछि राजपामा खैलाबैला

Rajapa

काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आयोगले असार ३० भित्र महाधिबेशन गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनसँगै ६ वटा मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) बैधानिक संकटको नजिक पुगेको छ ।

निर्वाचन आयोगले राजपालाई यही असार ३० गतेभित्र महाधिबेशन गरी निर्वाचन आयोगमा जानकारी गराउन ‘निर्देशन’ दिएपछि राजपाका नेताहरु चिन्तित बनेका छन् ।

२०७४ वैशाख ७ गते तराई केन्द्रित ६ वटा दल मिलेर राजपा बनेको थियो । दल दर्ताका क्रममा बुझाइएको विधानको धारा २२ को उपधारा १० मा नै एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो ।

निर्वाचन आयोगले त्यही दफालाई टेकेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो ।आयोगको पत्रले राजपामा खैलाबैला मच्चिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...