प्रदेश ७ मा नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

Photo22 n

धनगढी । प्रदेशसभा ७ मा नेकपाको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।

यस्तै, दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई चयन भएका छन् । नेकपा संसदीय दलको प्रमुख सचेतकमा तारा लामा तामाङ र सचेतकमा अक्कल रावल चयन भएका छन्।
मंगलबार धनगढीमा बसेको संसदीय दलको बैठकले संसदीय दलका पदाधिकारी चयन गरेको हो।

एमालेका तत्कालिन प्रदेश सयोजक भीम रावल, माओवादी केन्द्रका तत्कालिन प्रदेश ईञ्चार्ज लेखराज भट्ट, एमालेका सह–ईञ्चार्ज कर्णबहादुर थापा र माओवादी केन्द्रका प्रदेश संयोजक लक्ष्मीदत्त जोशी रहेको कार्यदलले प्रदेश तथा जिल्ला कमिटि गठनका लागि तयारी गरिरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...