ओली भन्छन्, मैले ५० वर्ष अगाडि आन्दोनल थाल्दा तानाशाही ल्याउँछौँ भनेको थिइनँ

Kp sharma oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु कहिले पनि नाताशाही बन्न नखोजेकाले ढुक्क हुन प्रतिपक्षलाई आग्रह गरेका छन् ।

सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीति गर्न तानाशाहीमा सरकार गएको भन्न थालेपछि त्यसको प्रतिउत्तर दिँदै ओलीले नेपाली कांग्रेसलाई ढुक्क भएर आफ्नो काम गर्न आग्रह गरे ।

‘मैले ५० वर्ष अगाडि आन्दोनल थाल्दा वा गिरफ्तार हुँदा राजतन्त्र फाल्छौँ, पञ्चायत फाल्छौँ भनेको थिएँ, तानाशाही ल्याउँछौँ भनेको थिइनँ’ ओलीले भने, ‘कांग्रेसले आफु राजनीति गर्न तानाशाहीको कुरा गर्ने ? सरकारका काम कारबाहीहरु पूर्णरुपमा पारदर्शी, कानुनसम्मत र संविधानअनुसार हुन्छन् । जनताका पक्षमा हुन्छन् ।’

‘सुन्दैछु कांग्रेसका साथीहरु कम्युनिस्टहरूले तानाशाही ल्याउन लागे भनेर रौलो गर्दै हुनुहुन्छ रे, त्यो राएलो किन हो ?’ उनले भने, ‘पुष्पलालहरूले पनि लोकतान्त्रिक गणतन्त्र ल्याउँछौँ भनेका थिए । हामी गोलघर बस्दा, जेल बस्दा तानाशाही ल्याउन थिएन । मर्न तयार भएका तानाशाहीका लागि होइन, लोकतनत्र ल्याउनैका लागि हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...