नेकपाले फोरमसँग पार्टी एकता गर्ने

Ncp foram

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल शुरु भएको छ ।

नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल शुरु भएको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको बताइएको छ ।

नेकपा र फोरमबीच पार्टी एकताको अनौपचारिक छलफल भए पनि त्यसले औपचारिकता पाउन नसकेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

नेकपाका स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...