बरियतामा अन्याय भो, पार्टीभित्र संघर्ष गर्छुः झलनाथ

Jhalnath khanal

काठमाडौँ । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताएका छन्। न्यायको लागि आफुले पार्टी भित्रै संघर्ष गर्ने समेत बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आएका वरिष्ठ नेता खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसगं कुरा गर्दै बरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गरेका हुन्।

‘पार्टी बरियतामा अन्याय भएको छ। यस अन्यायका विरुद्धमा पार्टी भित्र भिन्न मत राखेको छु, म पार्टी भित्र नै संघर्ष गर्दछु।’ उनले भने ‘न्याय पाउनका लागि आफ्नो लडाईलाई जारी राख्दछु तर बाहिर भन्ने कुरा म गर्दिन। पार्टीलाई एकजुट बलियो र दह्रो बनाउने कुरामा मेरो योगदान रहने छ।’

चीनको कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा बरिष्ठ नेता खनाल चिन गएका थिए। कार्यक्रममा विश्वका १६० भन्दा बढि कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...