यस्तै रहे कांग्रेसले गरि खान्न : बरिष्ठ नेता पौडेल

Ram chandra.jpg11

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् ।

पोखरामा बुधबार नेपाली कांग्रेस समर्थित प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आयोजना गरेको प्रदेशस्तरीय प्राध्यापक भेला तथा प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै पौडेलले पार्टी एकता सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्याङ्कनबाट एकता हुँदैन, त्यस्तो कृत्रिम एकता हो।’ उनले पार्टी भित्र मेलमिलापको लागि आफ्ना सर्तहरुको पालना हुनुपर्नेमा जोड दिए।

बरिष्ठ नेता पौडेललले पार्टीभित्र पारदर्शी मूल्याङ्कन, न्याय र निश्पक्षता भए मात्र वास्तविक एकता हुने बताउँदै महामन्त्री स्वयंले समेत एकता गर्न असमर्थ रहेको अभिव्यक्ति दिएको स्मरण गरे। पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध खरो रुपले उत्रिएका पौडेलले आफू पित्तललाई सुनको जलप लगाएर सुन नै हो भन्ने भ्रममा पर्ने मान्छे नभएको दाबी गरे। उनले पार्टी एक बनाउने अभियानमा दवाब दिन प्राध्यापकहरुलाई आग्रह पनि गरे ।

देउवा नेतृत्वको कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा विरोध जनाउन नसकेको आरोप लगाउँदै उनले यस्तो कांग्रेसले गरी खान नसक्ने ठोकुवा गरे ।
‘संसदमा हुन्छ भन्नेले हुन्छ भन, हुन्न भन्नेले हुन्न भन, भन्ने बेला विपक्षीबाट आवाजै आएन’, संसदमा नीति तथा कार्यक्रम पारित हुने क्षण सम्झँदै उनले भने, ‘अब यस्तो काँग्रेसले गरी खान्छ ?’ पार्टी नेतृत्व सुध्रन जरुरी रहेको उल्लेख गर्दै उनले कांग्रेसको यो असफलतामा आफू सती जान नसक्ने बताए ।

‘यो असफलताको पनि मै सती जाने?’, उनले भने, ‘यो कुरा हुँदैन, म किन हुने?’
फरक प्रसंगमा उनले सुविधाजनक बहुमत भएर पनि सरकार दुई तिहाई खोज्दै हिँड्नु भनेको संसदीय प्रणालीलाई आत्मसात गर्न नसकेको लक्षण भएको आरोप लगाए।

‘सुविधाजनक बहुमत भएपछि उनीहरु किन उपेन्द्र र महन्थ खोजी–खोजी दुई तिहाईको लागि मरिहत्ते गरिरहेका छन्’, उनले थपे, ‘यो राम्रो मनशायले हैन, संविधान तोडमोड गर्न हो ।’ भर्खरै आएको बजेटले संघीयताको मर्म विपरित केन्द्रिकृत सोच राखेको उनको आरोप थियो।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोईरालाले वापन्थीहरुले सत्ताकब्जा गर्न अगाडी बढेकोले सचेत रहनु पर्नेमा जोड दिएका थिए । न्यायाधीश नियुक्तीमा भएको ढिलाईले त्यही संकेत गरेको बताउँदै उनले थपे, ‘उनीहरुले हिजो मात्र एक अपराधीलाई छाडिदिए,अब हामी सचेत हुनुपर्छ ।’

कार्यक्रममा बोल्ने प्राध्यापक तथा नेताहरुले नेपाली कांग्रेसको पराजयको कारण कमजोर संगठन र आन्तरिक मनमुटाव रहेकोले पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...