धुरुधुरु रुदै शेरचन लागेकै हुन् त आफ्नै घरतिर !

Amik sherchan

काठमाडौं । कुनैबेलाका शक्तिशाली व्यक्ति थिए अमिक शेरचन । उनलाई नेपालका राम्रा नेताका रुपमा हेरिन्थ्यो । जताततै अमिक शेरचनको नाम लिइन्थ्यो ।

जनआन्दोलनको बेला होस् वा माओवादी द्धन्द्ध चर्किएको बेला होस्, शेरचन शक्तिमा थिए । तत्कालीन जनमोर्चा नेपालको अध्यक्ष बनेका बेला उनी निक्कै प्रभावशाली पनि थिए । तर, तत्कालीन माओवादीसँग एकता गरेपछि उनी पानीमा नुन विलिएझै बनेका थिए ।

अहिले उनलाई पार्टीभित्र उज्ज्याले बालेर खोज्नुपर्ने बेला भएको छ । त्यही भएर पनि उनी नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा पर्न सकेनन् । स्थायी कमिटीमा नपर्दा उनी रोईकराई गर्न थालेका छन् ।

शेरचनलाई पार्टीले बुधबार स्थायी कमिटीमा आमन्त्रित सदस्यको रुपमा राखेको छ । तर, उनी आफ्नो हैसियतलाई कदर नगरिएकोमा रुष्ट बनेका छन् । उनी तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष थिए ।

शेरचनले स्थायी आमन्त्रित सदस्यमा नबस्ने जनाएका छन् । उनी हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । तर, अहिले उनको हैसियत केन्द्रिय सदस्य बराबर पनि छैन ।

शेरचनले नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा पनि हस्ताक्षर गरेका छैनन् ।

के उनको हैसियत स्थायी कमिटीमा बस्ने थिएन त ? नेताहरु भन्छन्, शेरचन योग्य हुँदाहुँदै पनि प्राविधिक कारणले स्थायी कमिटीमा अटाउन सक्नुभएन । पछिल्ला केही दिनमा उनी पार्टीमा थपना मात्रै बन्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...