ओली र प्रचण्डको ओत लाग्न खोज्दा आफैं धरापमा
सांसद इस्तियाक, फुलबाबुदेखि शिवजी यादवसम्म लागे उपेन्द्रको विरोधमा
काठमाडौं । सोमबार मात्रै नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरेको संघीय समाजवादी फोरम फुटको संगारमा पुगेको छ ।
सत्तारुढ दल नेकपा र फोरमबीचको सहमतिमा फोरमले उठाएका संविधान संशोधन लगायतका विषय सरकारले पूरा गर्ने र फोरम सरकारमा सहभागी हुने उल्लेख गरिएको थियो ।
सत्तारुढ दलसँग सहमति भएपछि मधेशको अर्काे शक्तिशाली पार्टी राष्ट्रिय जनता पार्टीसँग मात्र सम्बन्ध बिग्रिएको छैन, आफ्नै पार्टीभित्रबाट पनि फोरम अध्यक्ष उपेन्द्र यादव विवादको घेरामा परेका छन् ।
प्रदेश नं. २ मा फोरम र राजपाको सरकार छ । तर फोरमले केन्द्रमा नेकपासँग सम्झौता गरेर सरकारमा सहभागी बन्ने तयारी गरेसँगै राजपासँगको सम्बन्धमा चिसोपना आएको छ ।
प्रदशे नं. २ मा अब नेकपा र फोरमको सरकार बन्ने पक्कापक्की जस्तै छ । योसँगै राजपाले सरकाराट बाहिरिनुको अर्काे विकल्प नहुन सक्छ ।त्यही भएर पनि मधेशी दलहरुमा निक्कै खटपट चलेको छ ।
प्रदेश नं. २ मा राजपालाई सरकारबाट बाहिर राखिए नेकपाको नेतृत्वमा फोरम सहितको सरकार बन्ने र हालका मुख्यमन्त्री लालबाबु राउतले पद छोड्नुपर्ने अवस्था आउने छ । मुख्यमन्त्री नै नेकपालाई सुम्पिनुपर्ने अवस्था आएपछि फोरममा भाँडभैलो मच्चिएको छ ।
कोको छन् रुष्ट ?
अहिले फारेमभित्र बाँकेबाट निर्वाचित सांसद इस्तियाक राई, नेता शिवजी यादव र फोरम प्रवेश गरेका पूर्व स्वतन्त्र सांसद अब्दुर कलाम अजाद (फुलबाबु) लगायतका नेताहरु रुष्ट बनेका छन् ।
अहिले फोरमभित्र तीव्र असन्तुष्टी बढेको छ । एकाथरी नेताहरुले त राउतलाई मुख्यमन्त्रीबाट हटाए पार्टीबाट अलग हुने चेतावनी नै दिइसकेका छन् । उनीहरुले राउतलाई मुख्यमन्त्रीबाट नहटाउन दबाबसमेत अध्यक्ष यादवलाई दिइसकेको छन् ।
असन्तुष्ट नेताहरुले राउतलाई मुख्यमन्त्रीबाट हटाए रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीसँग मिलेर फोरमविरुद्ध नै संघर्ष गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
अन्सारीले मुस्लिम समुदायबाट पहिलोपटक मुख्यमन्त्री भएका राउतलाई हटाउन नहुने बताउँदै आएका छन् । कतिपय नेताहरुले संघीय समाजवादी फोरम मुस्लिम विरोधी भएको आरोप पनि लगाउन थालेका छन् ।
प्रतिकृया दिनुहोस