पैेत्रिक सम्पत्तिमा समान अधिकार नभएसम्म महिला अधिकार स्थापित हुन्न : के.सी

Mahila sanghan


काठमाडौं । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रवहादुर केसीले महिला माथी भईरहेकाे विभेदकाे जिम्मेवारी सरकार र सरकारमा वस्नेहरू जवाफदेही हुनु पर्ने वताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले अायाेजना गरेकाे महिला अधिकारकाे सवाल विषयक अन्तरक्रिया वाेल्दै केसीले पछिल्लो समय अदृश्य रूपमा खाडीका मुलुकहरूमा वेचिदै अाईरहेकाे र उनिहरू नारकिय र्जीवन ज्युन वाध्य वनाउदै अाईरहेकाे प्रती ग्रभिर ध्यानाकर्षण गर्दै वर्गीय रूपमा सचेत गराउन अाग्रह गरे ।

महिलाहरूलाई सेटिङ्गमा विदेश पठाउनेले सुन जस्तो धातु अाैसारपसार गर्नु सम्पुर्ण जड भष्ट्रचार भएकाे कुरा वताएका हुन । उनलेे भने,"राणा गए, पञ्चायत गए,राजा गए तर जनताहरूकाे दुख कहिले गएन,अर्धसामन्ती,अर्धउपनिवेशिक दलाल तन्त्र नहटेसम्म देशमा विकास असम्भव रहेकाे छ "

सरकारले मनाेरेल,पानी जहाज हैन काठमाडौं धुलाे हटाउने कुरा कतै साेध्नु पर्ने हाे कि नसाेधि धुलाे हटाए मात्र ठुलाे कुरा हुने उहाकाे धारणा रहेकाे थियाे ।
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय उपाध्यक्ष तथा सांसद दुर्गा पाैडेलले महिलाहरूकाे एेतिहासिक अान्दोलनकाे फल स्वरूप केही अधिकार प्राप्त भए पनि कानुनी जटिलता र कार्यन्वयन पाटाेमा फितलो भएका कारण महिला अधिकार माथी अझै साेचेअनुरूप सफलता प्राप्ती नभईसकेकाे वताईन ।

उनलेे भनिन् " विभेदकारी समाजमा महिला माथी हुने विभेद,महिलामाथी हुने हिंसा, महिलामाथी हुने दमन अन्त्यका लागि नेतृत्व तहमा जाने व्यत्तिहरूकाे मानसिकता र महिलाहरूकाे पीडा वुझने नेतृत्वकाे विकास हुन सके मात्र महिलाहरू माथीहुने विभेद अन्तय गर्न सहज हुने छ । कानुनी रूपमा महिला अधिकारलाई वलियाे वनाए पनि कार्यन्वयनमा जटिलता छ,यसलाई कार्यनव्यन गर्न महिला संगठनहरू गाेलवद्दरूपमा अगाडि वढ्नु पर्छ ।"उनलेे वर्गीय अान्दोलनलाई महिला सशक्तीकरणका रूपमा अगाडि वढाउनु पर्नेमा जाेड दिईन ।

अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष मिना पुनले महिलाहरूलाई वर्गीय रूपमा संगठित गर्दै अाफ्नाे अधिकार प्राप्तीकाे लडाईमा सशत्त रूपमा अगाडि वढाउनु पर्नेमा जाेड दिईन ।

नेपाली कांग्रेसकी पुर्व महिला संघ अध्यक्ष तथा सांसद
डाक्टर लिला संग्राेलाले महिलाहरू माथीकाे अत्याचार दमन पुर्ण रूपमा अन्य गर्न कडा भन्दा कडा कानुनी व्यवस्था नभए सम्म महिलाहरू जहिले पनि अन्यायमा पर्ने वताईन ।

कार्यक्रम विभिन्न वक्ताहरूले लाेकतान्त्रिक प्राप्तीका अान्दाेल,मुत्तिकालागि अान्दोलन र राष्ट्र परिवर्तनको लागि महिलाहरूकाे लडाई जारीनै रहेपनि महिला मुक्ति
अान्दाेलनमा राज्य पक्षवाट सधै विवेदकारी कदमका कारण महिलाहरू सधै पिडित वन्नु पर्ने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...