राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Rajapa

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। यसअघि राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलार्इ बालुवाटार नै पुगेर आफुहरु आन्दोलनको तयारीमा रहेको जानकारी दिएका थिए।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने टिप्पणी गरेका छन्।

उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए। नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

नेता यादवले सरकारले विकासको सपना देखाएपनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

सरकारले संविधान संशोधन लगायतका आफ्ना मागलार्इ बेवास्ता गरेकोले राजपा रुष्ट छ। लामो समयबाट राजपाले संविधान संशोधन र रेशम चौधरीको रिहार्इ लगायतका माग सरकारसामु राख्दै आएको छ।

राजपाका एक नेताका अनुसार जेठ २५ गते बोलाइएको राजनीतिक समितिको बैठकले सरकारलार्इ दिएको समर्थन र आन्दोलनको कार्यदिशाबारे छलफल गर्नेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...