सरकार पाँच वर्ष कसैले हल्लाउन सक्दैन : प्रचण्ड

Prachanda 2

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले गरेको पार्टी एकतालाई कुनै शक्तिले भाँजो हालेर टुक्र्याउन नसक्ने दाबी गरेका छन् । दाहालले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औं स्थापना दिवस समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।’

अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताए ।

‘बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँचवर्षको मार्गचित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिए ।

‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रले मात्र देशलाई समृद्धितर्फ डो¥याउँछ, यसका लागि हामीलाई विदेशी लगानी, सीप र प्रविधि पनि चाहिन्छ’ उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत कम्युनिष्ट एकताबाट राजनीतिक स्थिरता र विकास आउने विश्वास बुधबार बालुवाटारमा भएको बैठकमा व्यक्त गरेको स्मरण गराउँदै उनले सबै मिलेर अब आर्थिक विकासमा लाग्नुपर्ने विचार व्यक्त गरे ।
पार्टी महासचिव विष्णु पौडेलले अब मुलुकमा स्थायित्व र विकास आउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...