राजपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

Rajapa

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सरकारमा ल्याउने तयारी थालेका छन् ।

संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री ओलीले तराई मधेश केन्द्रित अर्को दल राजपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ ।

प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग संयुक्त छलफल गरेका थिए। सो छलफलमा प्रधानमन्त्रीले राजपाका नेताहरुलाई सरकारमै आएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा राजपाका नेताहरुले संविधान संशोधन गर्ने वातावरण बनाए आफूहरु सरकारमा आउने जनाएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...