नेकपा केन्द्रीय समितिमा महिला १७ प्रतिशत मात्रै
काठमाडौ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा महिलाको संख्या ७६ जना मात्र छ । यसले समावेशी सिद्धान्तलाई उल्लंघन गरेको देखिएको छ ।
कानुनअनुसार नेकपाको केन्द्रीय समितिमा कम्तिमा पनि १ सय ४५ जना महिलाको प्रतिनिधित्व हुनुपर्ने देखिन्छ । तर, ७६ महिलाले मात्रै केन्द्रीय समितिमा स्थान पाएका छन्, जुन कुल सदस्य संख्याको १७.२३ प्रतिशत हो ।
केन्द्रीय समितिमा सबैभन्दा वढी अर्थात् दुई सय ४७ जना खस आर्य समुदायका छन्। यो संख्या कुल सदस्यको ५६ प्रतिशतभन्दा वढी हो ।
प्रतिकृया दिनुहोस