के गर्न खोज्दैछन् यि मन्त्री ?
काठमाडौं । सबै क्षेत्रको सिन्डिकेट हटाउने र जनतालाई शुसासन दिने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तगारे बनेर उभिएका छन् ।
यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन महत्वपुर्ण कदम चालेका विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्री महासेठले मन्त्रालय तान्ने निर्णय गरेका छन् । भर्खरै सिन्डिकेट हटेर संक्रमणकालिन अवस्थामा रहेको यातायातलाई व्यवस्थित बनाउनुपर्ने बेलामा महानिर्देशक भट्टराईलाई हटाएर दण्डित गरिएको छ ।
महानिर्देशक भट्टराईलाई सरुवा गर्ने पत्रमा मन्त्रालयका सचिव सचिव मधुसुदन अधिकारीले हस्ताक्षर गर्न नमानेपछि शुक्रबार सहसचिव ध्रुव जोशीलाई हस्ताक्षर गर्न लगाएका थिए । भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला महानिर्देशक भट्टराईले सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।
सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।
अहिले सिन्डिकेट त हटाएको छ तर, त्यसलाई व्यवस्थित गर्न गर्नु पर्ने कामहरु थुप्रै छन् । त्यस्तो बेला यातायात व्यवस्था विभागमा महानिर्देशक फेर्नुलाई व्यवसायीको प्रभावमा परेर गरिएको चलखेलका रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस