नेकपा : शक्तिशाली पार्टी निर्माण

Ncp sapath

काठमाडौं । एमाले–माओवादीबीच एकीकरण भएर बनेको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी शक्तिशाली पार्टी बनेको छ ।

यो पार्टी अब १७५ निर्वाचन क्षेत्रमध्ये ११६ स्थानमा प्रत्यक्ष निर्वाचन जितेको पार्टी भएको छ । त्यस्तै प्रतिनिधिसभामा रहेको २७५ सिटमध्ये यो पार्टीको मात्रै १७५ सिट भएको छ । त्यसैगरी राष्ट्रियसभाका ५९ सिटमध्ये यो पार्टीको पक्षमा ४२ सांसद रहेका छन् ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यो पार्टीको सरकार र ७५३ स्थानीइ निकायमध्ये ४५ प्रतिशत यो पार्टीले निर्वाचन जितेको हुनेछ । नेकपा गत निर्वाचनमा पाएको मतको आधारमा ४५ लाख मतदाता भएको पार्टी बनेको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुबै पार्टी एकीकरण गरी नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी बनाएको घोषणा गरिएको हो । त्यसअघि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको थियो ।

४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको नयाँ पार्टी बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...