मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ : मन्त्री यादव

Matrika yadav 1

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने बताएका छन् ।

रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रमा उनले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको ब्यग्र प्रतिक्षा भइरहेको उल्लेख गरेका थिए । अर्को प्रसंगमा मन्त्री यादवले नेपालमा निर्यातजन्य उत्पादनहरू नभएका कारण भारतसँगको व्यापार घाटा बढिरहेको उल्लेख गर्दै वर्तमान सरकारले नेपाली उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताए ।

उनले थपे, ‘नेपालमा अलैँची, पश्मिना, अदुवा जस्ता कृषिजन्य उत्पादनबाहेक खासै विदेशमा निर्यात गर्ने खालको उत्पादन छैन्, त्यसकारण भारतबाहेक अरु मुलुकसँग व्यापार सम्बन्ध बढाए पनि नेपालको व्यापारमा घाटा नै हुन्छ ।’ उनले नेपाल आयल निगमलाई प्रतिस्पर्धामा लैजाने सोच सरकारले बनाएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...