एकै समय र स्थानमा नेविसंघका दुई पक्षको कार्यक्रम, झडपको सम्भावना

Nebi

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा विवाद चुलिएको छ । माउ पार्टी कांग्रेसमा सभापति शेरबहादुर देउवाका विरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले मोर्चाबन्दी कसेपछि नेविसंघमा पनि त्यसको असर देखिएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रम चलाउन थालेका छन् ।

केही दिनअघि समानान्तर बैठक बसेलगत्तै बुधबार सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन् । एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको हो । सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया आयोजना गरेका छन् ।

संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गरेका छन् । पौडेल पक्षीय विद्यार्थी नेता मोती भण्डारीका अनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले आफूहरूले राखेको कार्यक्रमलाई सम्बोधन गर्ने दाबी गरे ।

अध्यक्ष महरले पार्टीभित्रको आन्तरिक कलहकै प्रभाव नेविसंघमा देखिएको स्विकारे । उनले संघले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेता सहभागी हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...