‘एमाले र माओवादी केन्द्रको एकता अब केही दिनमै टुंगिन्छ’ : अध्यक्ष दाहाल

Prachanda 1 ndaqayydjs

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता केही दिनभित्रै टुंगिने बताएबा छन् ।

‘अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले एकतालाई टुंगोमा पुर्याउँछ’ उनले सोमबार संसदीय दलमा भने, ‘समितिको बैठक केहीदिनमै बस्छ । त्यो बैठकपछि एकताको मिति घोषणा हुन्छ ।’

अध्यक्ष दाहालले पार्टी एकतालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका छन् ।

अध्यक्ष दाहालले  एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले घोषणामा ढिलाई भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...