लेनिन जयन्तीमा लेलिनकै फोटो गायब ! माओवादी किन उत्रियो नारावादीमा ?

Lelin jayanti

काठमाडौं । आज लेनिन जयन्ती । आजैका दिन नेपाल कम्युनिस्ट पार्टीको ६७औं स्थापना स्थापना दिवस पनि ।

आजैका दिन दुई ठूला बाम दल एमाले र माओवादी केन्द्रको एकता गर्ने घोषणा पनि उहिल्यै भएको थियो । तर, भागबण्डा नमिल्दा लेनिन जयन्ती र कम्युनिष्ट पार्टीको स्थापना दिवस दुबै पार्टीले एकै ठाउँ मनाउने कार्यक्रम तय भएको थियो ।

तर, लेनिन जयन्तीमा लेलिनकै फोटो नभएपछि लेलिन जयन्ती मनाउनुको के अर्थ ? त्यस्तै भयो माओवादीका लागि । त्यही बहानामा माओवादीका कार्यकर्ता कार्यक्रम स्थलमै ब्यानरमा लेनिनको फोटो नभएपछि नाराबाजीमा उत्रिए ।

स्थापना एवं लेनिन जयन्तीको औपचारिक कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो ।

ब्यानरमा केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए । तर लेनिन जयन्ती भनिएको भए पनि लेनिनकै फोटो नभएपछि माओवादीले नाराबावी मात्रै गरेनन्, कार्यक्रम स्थलमा राखिएको बोर्ड नै फ्याक्ने प्रयास गरेका थिए ।

माओवादी समर्थित अखिल क्रान्तिकारीले ब्यानरमा कार्ल माक्र्स, लेनिन, माओ जस्ता नेताको फोटो नराखिएको भन्दै नाराबाजी गरेपछि कार्यक्रम स्थलमा राखिएको ब्यानर झिकिइयो ।

माओवादीले आफ्नो कार्यक्रममा कार्ल माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...