सरकार सर्वसत्तावादतर्फ जान खोज्दैछ : नेता पौडेल

Ramchandra

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाएका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताए ।

उनले भने, ‘दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रसित पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ ।’ नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ, उनले भने ।

लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाए । सबै शक्ति विकेन्द्रित गर्नु पर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उनले बताए ।

निर्वाचनको समयमा जनतालाई देखाएका सपनाअनुसार काम गर्न उनले सरकारलाई सुझाव दिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो ।’

एक फरक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसभित्र न्यायिक, निष्पक्ष र पारदर्शी मूल्याङ्कन नेतृत्वले गर्न नसकेको बताए । यी कुरामा ध्यान दिन सकेको खण्डमा पार्टीभित्र कुनै पनि विवाद नआउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, कमला पन्त र बद्री पाण्डेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको थियो । निर्वाचनमा व्यहोरेको हार आत्मसात् गर्दै गुटको अन्त्य गरी अघि बढ्नु पर्ने उनीहरुको भनाइ थियो ।

आइतबारसम्म चल्ने राष्ट्रिय सम्मेलन तथा विधान अधिवेशनले संघलाई संघीय ढाँचामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने संघका केन्द्रीय अध्यक्ष जनक रावलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...