काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

Congress meeting

काठमाडौँ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक नबसी स्थगित भएको छ ।

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए ।

अर्को बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उनले बताए । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि सो बैठक आज बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौँ उपत्यका बाहिर रहनुभएका नेताहरु आज काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गतेराजधानी आउन नसकेपछि आजको बैठक स्थगित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा गएराति मालिन्दो एयरको विमान उडानका क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर गएपछि विमानस्थल केही समयका लागि बन्द भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...