काँग्रेसको समीक्षा बैठक पुनः आज बस्दै

Kashman

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो ।

यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राखे ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्र्रो हार व्यहोरेको थियो ।

काँग्रेसको यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...