मधेशका नेतालाई राजनीति भन्दा विकास र शिक्षाका कुरा गर्न प्रधानमन्त्री ओलीको सुझाव

Kp oli madhes

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरुलाई अनावश्यक राजनीति छोडेर विकास र शिक्षाका कुरा गर्न सुझाव दिएका छन् ।

बुधबार सिरहाको कल्याणपुर नगरपालिका–११ का दुई दलित बच्चाको अभिभावकत्व ग्रहण गर्न आएका प्रधानमन्त्री ओलीले मधेशी दलका नेताहरुले विरोधका लागि विरोध मात्रै गर्ने गरेको गुनासो गरे । तर, मधेशी दलका नेताहरुले विरोध गरेपनि तराईका जनताले आफुलाई साथ दिएको ओलीले दाबी गरे ।

‘सबैले मलाई मधेश विरोधी भन्छन् तर मधेशको जिल्लाबाट सबैभन्दा बढी मत मैले नै ल्याएको छु । जनताले साथ दिए कसैले विरोध गरेर पनि केही हुँदैन ।’

जुन ठाउँमा ६१ जनाले पनि अक्षर चिन्दैनन्, त्यो ठाउँमा राजनीति दलका नेताहरु चिप्ला कुरा गर्ने गरेको टिप्पणी गर्दै उनले ती चिप्ला कुरा गर्ने नेतालाई जनताले कसरी बुझ्ने भनि प्रश्न गरे ।

सिरहामा अनेकौं किसिमका कुसंस्कारहरु छन् जसले सिरहाको पछ्यौटेपनलाई यहाँका नेताहरुले हटाउन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हिमाल देखिने विकट जिल्लामा ९६/९७ प्रतिशत साक्षरता छन् तर मधेशमा जहाँ बाटोघाटो र सहज रुपले विद्यालय पुग्न सक्ने अवस्था छ त्यहाँ १०० जनामा ६१ जनाले अक्षर नचिन्ने कहालीलाग्दो अवस्था छ, यसको दोष कसले लिने ?’

आफूलाई दुनियाँले कुरा मात्र गर्ने व्यक्तिको रुपमा लिएको चर्चा गर्दै अब आफूले काम गरेर देखाउने बताएका छन् ।

मधेशमा हरेक हिउँदमा मान्छे मरेको भन्ने सुनिन्छ, तर वैशाख १ गते रारामा जाँदा २/३ डिग्री सेल्सियस चिसो हुँदा पनि मान्छे मरेको आफूले नसुनेको उनले धारणा राखे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...