एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैन : नेता नेपाल

Madhav

बर्दिवास । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताए ।

महोत्तरीको बर्दिवासमा आज नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए ।

‘दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ’, उनले भने । दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे ।

‘दुबै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्’, नेपालले भने, ‘यो पर्खाइ अब खेर जाँदैन ।’प्रदेश नं २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । ‘हामी निकट भविष्यमै प्रदेश नं २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौँ’, उनले भने । प्रदेश नं २ को विकासका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो ।

नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिएका छन् । औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का ५ वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन । सबनम कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...