परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबिच भेटवार्ता

Pardip

काठमाडौं । पाँचदिने चीन भ्रमणका क्रममा आइतबार चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी वाङ यी सँग भेटगरेका छन् उनिहरुको बेइजिङमा भेटवार्ता भएको छ । स्टेट गेष्ट हाउसमा बुधबार बिहान ज्ञवाली र वाङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल चीन-सहयोगका विषयमा छलफल भएको बताइएको छ । मन्त्री ज्ञवाली पाँचदिने भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका थिए । मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससमेत गरिएको छ ।

भेटवार्तामा नेपाल चीन, सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच गत वर्ष भएको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना सहमतिलाई कार्यान्वयन गर्ने विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्ने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससमेत गरिएको छ । ज्ञवालीको बेइजिङ भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । ज्ञवालीको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...