चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

Pradesh

रोल्पा । प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताए ।

यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उनको ठम्याइ छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पु¥याउन सके यसले जिल्लालाई आर्थिक हिसाबमा थप माथि उठाउन सक्ने देखिएको छ ।

प्रेस चौतारी, रोल्पा तथा प्रेस सेन्टर, रोल्पाको संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
यसैबीच, पत्रकारले राखेको जिज्ञासामा चौधरीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच यही वैशाख ९ गते पार्टी एकीकरण हुनेमा अझै केही कुरा सहमत हुन बाँकी रहेको र सहमति गरेर ९ गते पार्टी एकीकरण भएरै छाड्ने जानकारी दिए ।

प्रेस सेन्टर रोल्पाका उपाध्यक्ष खुबिना सुनारी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर प्रदेशका सदस्य भगवती भण्डारी, नेकपा एमाले जिल्ला कमिटी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली, नेकपा एमाले जिल्ला कमिटी रोल्पाका सदस्य ईश्वरी जीएमलगायत तथा विभिन्न मिडियामा आबद्ध पत्रकार तथा पार्टी कार्यकर्ता समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाका सदस्य पाण्डव दशौदिले सञ्चालन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...