अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न : प्रधानमन्त्री ओली

Pm oli surkhet

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गरेका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउदै भने, “अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।” 

प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...