यस्तो छ प्रधानमन्त्री ओलीले राराबाट देशवासीलाई गरेको सम्बोधनको पूर्णपाठ
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !
१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२. नयाँ वर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको छ । रारा आफैँमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौँ सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता–समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् । तर अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संसाधन छैनन् । कर्णालीलगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार सम्भावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।
३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौँ, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । “समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।
४. दोस्रो कार्यकाल प्रधानमन्त्रीका रुपमा यहाँहरुसमक्ष उभिन पाउँदा म असाध्यै गौरवान्वित छु । जिम्मेवारी बोधले उत्तिकै गम्भीर पनि भएको छु । तेह्रथुम जिल्लाको एउटा निम्नमध्यम परिवारमा जन्मेर जीवनका अनेकौँ मोड पार गरेर यस विन्दुसम्म आइपुगेको आफ्नो जीवनयात्रालाई मैले परिवर्तनका संवाहक जनताको अदम्य इच्छा शक्तिको परिणाम ठानेको छु । एउटा सामान्य नागरिकलाई मुलुकको कार्यकारी प्रमुख बनाउनसक्ने लोकतान्त्रिक प्रणालीको सामथ्र्यका रुपमा मानेको छु । यसलाई मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाका रुपमा बुझेको छु । यसैले म सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, सधैँ स्वतन्त्र नेपाल राष्ट्रको माटो एवं लोकतन्त्रप्रति आफ्नो उच्च सम्मान र अविचलित प्रतिबद्धता पुनःप्रकट गर्न चाहन्छु । आदरणीय अग्रजहरु र प्रातःस्मरणीय शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
आदरणीय जनसमुदाय !
५. अन्योल र अनिश्चयका बीचमा, हिंसा र अस्थिरताका प्रयासलाई छिचोल्दै गतः मंसिरमा सम्पन्न निर्वाचनमा यहाँहरुले हाम्रो पार्टी र वामपन्थी–लोकतान्त्रिक चुनावी तालमेलका पक्षमा अपूर्व विश्वास प्रकट गर्नुभएको छ । यस विश्वासलाई मैले हाम्रो आगामी यात्राको मार्गदर्शन र अग्रगतिका लागि ऊर्जाका रुपमा लिएको छु । यसका लागि म सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । मलाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गर्ने हाम्रो पार्टी नेकपा ( एमाले) र नेकपा (माओवादी केन्द्र), विश्वासकोमत दिने सबै दल र सांसदहरु तथा बधाई एवं शुभकामना व्यक्त गर्ने स्वदेशी–विदेशी मित्रप्रति धन्यवाद ज्ञापन गर्दछु ।
६ गत निर्वाचनमा कतै कठ्याङ्ग्रिँदो चिसो सहँदैत कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरु च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदैत कतै आफन्तको वियोगलाई समेत आफूभित्रै दबाउँदै यहाँहरुले गर्नुभएको मतदान अहिले पनि मेरो आँखामा जीवन्त छ । यसरी तपाइँहरुले मतपेटिकामा खसाउनुभएको मतपत्र सामान्य कागज मात्र थिएन, त्यो निर्वाचन नयाँ युगको प्रवेशद्वार थियो र तपाईहरुले खसाउनुभएको मत त्यही प्रवेशद्वारको ताला खोल्ने साँचो थियो । यस्तो युग, जहाँ स्वाधीन देशका सार्वभौम नागरिकबीच कुनै विभेद र असमानता हुने छैन । यस्तो युग, जहाँ सामाजिक न्याय र लोकतन्त्र हुनेछ । यस्तो युग, जहाँ सबैलाई बराबरी सम्मान र सुरक्षा, बराबरी अधिकार र अवसर प्राप्त हुनेछ । यस्तो युग, जहाँ सुशासन र समृद्धि हुनेछ । यस्तो युग, जहाँ जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुनेछ । निर्वाचनमार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै म संकल्प गर्दछु– यहाँहरुका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिइने छैन । ७. विसं २०७४, उथलपुथल र घटनापूर्ण सालका रुपमा रह्यो । विसं २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रह्यो । विसं ०७४ मै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो । तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो । देशमा स्थायित्वको नयाँ चरण आरम्भ भयो । यसरी निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुष्प्रयास विफल भएका छन् । निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ । हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिलेजनतालेतिनैसमस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन्। द्ध विगतमा जनताको चाहना र संसदको अंक गणितको वीचमा रहेको खाडल यसपटक पुरिएको छ । समृद्धिको आधारशीला खडा गर्ने यस युगीन दायित्व सुम्पनुहुनेयहाँहरुप्रति पुनः एकचोटी कृतज्ञता जाहेर गर्दछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरु ! ८. केनेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दैआएको छु– नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयुर अबधिकोसीमा हुन्छ । मान्छेकोज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनैनिर्धारित आयुछैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनैअतिरिक्त प्रशिक्षणकोपनि खाँचोपर्दैन । ९. झण्डै तीन बर्ष अघि प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका–संसदलाई अन्तिम संवोधन गरिरहँदा मैले भनेको थिएँ– यो समयको अन्त्य होइन, प्रक्रिया चालु छ र हामी यहीँ छौं !’ त्यतिबेला हामीले रोपेका विरुवा हुर्काउने, देखेका सपनालाई मूर्त रुप दिने र परिकल्पनालाई व्यवहारमा लागूगर्ने समय पुनः हाम्रा सामुआएकोछ । हामी एकतावद्ध भएका छौं । जनताको भरपर्दो साथ छ । स्थानीय, प्रदेश र सङ्घीय तहसम्मैजनताकोविश्वास प्राप्त प्रतिनिधिहरु नयाँ उर्जाका साथ काम गर्न तत्पर हुनुहुन्छ । नेपाललाई सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय मित्रहरु पर्खाइमा छन् । हामी, बिना कुनैबहाना र विलम्ब तीव्र बेगमा अगाडि बढ्नेछौं ।
१०. राष्ट्र निर्माणका लागि बलियो आत्मविश्वास चाहिन्छ । भविष्य उज्ज्वल छ भन्ने दृढ विश्वास बिना, आफ्नो देश आफै बनाउन सक्छौं भन्ने उच्च मनोबल बिना र जस्ता सुकैअवरोधका पहाड पनि नाघ्न सकिन्छ भन्नेअदम्य साहस बिना राष्ट्रले सफलता हासिल गर्न सक्दैन । मनोवैज्ञानिक रुपमै छ कमजोर बनेको राष्ट्रले चुनौती सामना गर्न सक्दैन । हामी भित्रै लघुताभाष हुर्काउने, आफ्नैसामथ्र्यप्रति अविश्वास जगाइदिनेर भविष्यप्रति निराशा पैदा गर्ने प्रयासहरु यदाकदा हुनेगरेका छन्। तसर्थ, हाम्रोसर्वोपरि प्रयास राष्ट्रमा भरपर्दो आत्मविश्वास जगाउनेकुरामा केन्द्रित हुनेछ ।
११. नेपाल संसारकै प्राचीनतम राष्ट्रमध्ये एक हो । हाम्रै भूमिमा जन्मेका गौतम वुद्धले हजारौं वर्ष पहिले नै विश्वमा शान्ति, करुणा र अहिंसाको शाश्वत सन्देश छरेका थिए । सयौं बर्ष अगाडि नै सभ्यता, संस्कृति र कलामा नेपालको प्रसिद्धि फैलिइसकेको थियो । काठमाडौं उपत्यका भारत र चीनबीचको व्यापारिक केन्द्र र सांस्कृतिक सेतु थियो । विश्वव्यापी औपनिवेशिक साम्राज्यका बीच पनि नेपाल सधैभरि स्वतन्त्र रहेको थियो । विगतमा हामीले गरेका संघर्ष एवं प्राप्त गरेका राजनीतिक उपलव्धिले पनि विश्वकै ध्यान आकर्षित गरेको छ । यस्तो गौरवपूर्ण इतिहास बोकेको राष्ट्र कसरी पछाडि परिरहन मिल्छ ?
१२. नेपालकोभविष्य सुदृढ र उज्वल छ । नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेकोछ । पराधीन बनाउनेसोचहरु कमजोर भएका छन्। विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन्। राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या सङ्कीर्ण समूहगत स्वार्थपूर्तिकोभ¥याङ ठान्नेचिन्तन पराजित भएकोछ । अब विकास या समृद्धिको विषय कुनै अमूर्त वैचारिक मन्थन या सुदूर भविष्यकोकाल्पनिक कथा रहेन । किनभने युग बदलिएकोछ, तदनुरुप हाम्रो जिम्मेवारी पनि बदलिएकोछ । निरङ्कुशतन्त्र र अधिनायकवाद विरुद्ध अब्बल ट साबित हाम्रा पौरखहरु अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित हुनेछन्। आदरणीय दाजुभाइ दिदीबैनीहरु !
१३. सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सम्बर्धन सरकारको सर्वोपरी कत्र्तव्य हुने छ । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकीहरु, सबै मित्र राष्ट्रहरु र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिनेछ । सार्वभौमिक समानता, अहस्तक्षेप र पारस्परिक हित, आपसी सम्मान र विश्वास हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको आधार हुने छ । देशप्रेम र न्यायोचित राष्ट्रिय हितलाई खोक्रो राष्ट्रवाद ठान्नेहिनग्रन्थी कसैलेपाल्न हुँदैन भन्नेम ठान्दछु। राष्ट्रहरु बीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुनेकुराले होइन, सार्वभौम समानताको विषयले तय गर्छ । सरकारलेराष्ट्रियतालाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा, स्वाभिमान र पहिचानलाई उँचो बनाउनेछ ।
१४. लोकतन्त्र, शासन प्रणालीको मात्रै नाम होइन । लोकतन्त्र प्राप्तिका लागि अनेकौं दशक बलिदानी आन्दोलनमा होमिएका हाम्रा लागि लोकतन्त्र जीवनपद्धति हो, जीवनमूल्य समेत हो । पाँच दशकभन्दा बढी लोकतन्त्र प्राप्तिको आन्दोलनमा खर्चेको आफ्नो उर्जाशील समय र डेढ दशकको मेरो कारावास म यहाँचर्चा गर्न चाहन्न । तर दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अंगिकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरुमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितिय विधिको भने यहाँ स्मरण गर्न चाहन्छु। लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएकोविधि नभएर जीवनपद्दति नै रहेको प्रसंगमा मैले अक्सर शाक्य गणतन्त्र र लिगलिगकोटकोदौडबाट राजा छान्नेउदाहरण दिनेगरेकोछु। पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नेलाई नेता छान्ने सांगठनिक विधि म अध्यक्ष रहेको पार्टीले सैद्धान्तिक र व्यवहारिक दुबै हिसावले अपनाउँदै आएको जगजाहेरैछ ।
१५. यस सरकारका कामहरु लोकतन्त्र मानव अधिकार र खुल्ला समाजको अवधारणाबाट निर्देशित हुने छन् । सरकारका कार्यक्रमहरु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन । प्रदेश र स्थानीय तहहरुलाई सक्षम, सुदुढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ । सहकारिता, समन्वय र एकताकोआधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकास गरिनेछ । राज्यका नीति निर्माणमा जनताको भूमिका अझ प्रभावकारी होस्, कानुनी हिसाबले मात्र होइन, राज्य यथार्थमै जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित होस्भन्नेकुरा सुनिश्चित गरिनेछ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस