आईजीपी द्वय खनाललार्इ दर्ज्यानी चिह्न प्रदान

Igp

काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई  दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव प्रेमकुमार राइले दुवैलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन । दुवैले आजै कार्यभार सम्हालेका छन् ।

नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि मंगलबार नै सरकारले दुवै संगठनमा आईजीपी नियुक्ती निर्णय गरेको थियो ।

यस्तै बुधबारबाट नै नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल र श्रेष्ठसँगै १५ जना एआईजी, ९ जना डिआईजीसंगै एकजना एसएसपीले अनिवार्य अवकाश पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...