कहाँ–कहाँ छन् अपाङ्गता र मैत्रीपूर्ण संरचना ?

Sushil darnal

शारीरिक रूपमा अपाङ्गता भए पनि यामी झाँक्री मगरलाई आजभोलि आफूमा अपाङ्गता नभएकोे अनुभूति हुन्छ । बागबजारस्थित होटल हार्दिकमा कार्यरत ह्विलचेयर प्रयोगकर्ताका लागि पूर्ण रूपमा अपाङ्तामैत्री भौतिक संरचना रहेका कारण यामीलाई आफू साङ्गभन्दा कमजोर नभएको महसुस हुन्छ ।

दुई वर्षदेखि सो होटलमा लेखापाल रहेका यामीले अहिले ह्विलचेयर प्रयोग गर्दै आएपनि त्यहाँको भौतिक संरचनाका कारण आफू अपाङ्गता भएको अनूभूति नै हुँदैन । होटलका ३४ कोठामध्ये ४ कोठा, एक शौचालय र ६ वटा हलमध्ये ३ वटा ह्विलचेयर प्रयोगकर्ताका लागि सहज छ । जे भए पनि तुलनात्मक रुपमा अपांगता भएका व्यक्तिहरुको लागि मैत्रीपूर्ण बनाउन होटेल हार्दिकले गरेको प्रयासलाइ निकै सकारात्मक रुपमा लिन सकिन्छ ।

ह्विलचेयर प्रयोगकर्ताका लागि हाम्रो होटल अपाङ्गमैत्री नै छ । होटल हार्दिकले श्रवण शक्ति गुमाएका, दृष्टिविहीनलगायत अन्य प्रकृतिका अपाङ्गता भएका व्यक्तिका लागि पनि अपाङ्गतामैत्री संरचना बनाउने तयारी गरिरहेको छ । राजधानीका अधिकांश होटलमा यस्तो सुविधा छैन । यामी जस्तै शारीरिक रूपमा अपाङ्गता भएका चितवनका उर्मिला घिमिरे पनि केबुलकारबाट चन्द्रागिरिको डाँडामा पुगेर भालेश्वर महादेवको दर्शन गर्न पाउँदा अत्यन्त खुशी छिन । ह्विलचेयर प्रयोगकर्ता पत्रकार गजेन्द्र बुढाथोकी पनि चन्द्रागिरि पुग्न पाउँदा दंग छन् । ‘म अपाङ्गता भएको लामो समयपछि चन्द्रागिरि जाँदा पहिलो पटक फ्रेश भएको छु भन्दा हुन्छ’ उनले भनिन् ।

चन्द्रागिरी हिल्स लिमिटेडले भ्यु टावर, भालेश्वर मन्दिर, हल र शौचालयलगायत सम्पूर्ण संरचना अपाङ्गतामैत्री बनाइएको छ । त्यहा अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ र महिनामा करिव एक सय जना यस्ता व्यक्ति यहाँ आउने गरेका छन् । प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, काठमाडौँ जिल्ला अदालत लगायतका सरकारी भौतिक संरचनाहरु पनि केहीहदसम्म भए पनि अपाङ्गता मैत्री बनाउने प्रयास गरिनुले अपाङ्गता भएका व्यक्तिहरुको मनोबल अझ बढ्दै गएको छ ।
त्यसैगरी, सिटिसी मल सुन्धारा, ग्राण्डी अस्पताल टोखा, लाबिम मल पुल्चोक र आदर्श सउल युवक मावि, ललितपुरले पनि आफ्ना संरचानालाइ अपाङ्गता मैत्री बनाउन राम्रा प्रयासहरु गरेको पाइन्छ । सरकारले यस्ता व्यक्तिहरुको आवश्यकतालाई ध्यानमा राखेर २०६९ सालमा ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका’ जारी गरेको छ ।

निर्देशिकामा सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतीक्षालय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनुपर्ने’ भनिएको छ । निर्देशिका अनुसार भवनका साथै सार्वजनिक सडक र सडक पेटी समेत अपाङ्गता मैत्री बनाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । सिंहदरवार र नारायणहिटी दरवार क्षेत्रमा दृष्टिविहीनका लागि सडक पेटीमा टेकटाइलको व्यवस्था गरिएको छ ।

सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिका लागि सहज र समान आवागमनका लागि पहुँचयुक्त बनाउनुपर्ने निर्देशिकामा उल्लेख छ । अपाङ्गतामैत्री पर्यटकीय भौतिक संरचनामा संभवतः चन्द्रागिरि केबुलकार पहिलो हो । बैँकहरूमा सबैभन्दा पहिला सनराइज बैँकले यसलाई पछ्यायो । त्यसपछि लगतै प्रभु बैँक, सिटिजन्स इन्भेस्टमेन्टलगायत अन्य बैंकले अपाङ्तामैत्री संरचना बनाउन केही प्रयास गरेका हुन् ।

नाङ्लो बेकरी क्याफे नयाँ बानेश्वर, नाङ्लो बेकरी धरहरा लगायत केही होटल तथा क्याफेहरूले अपाङ्गतामैत्री संरचना निर्माण गर्नुका साथै त्यहाँ कर्मचारी सबै अपाङ्गता भएका व्यक्तिहरु छन् । काठमाडौँ महानगरपालिका क्षेत्राधिकारभित्र रहेका भौतिक संरचनालाइ अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि मैत्रीपूर्ण बनाउने उद्देश्यका साथ महानगरपालिका र राष्ट्रिय अपाङ्ग महासंघ नेपालबीच २०७३ सालमा एक सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाकाले महानगरपालिकाभित्र निर्माण भइरहेका पार्क वा अन्य भौतिक संरचना अपाङ्गतामैत्री बनाइरहेको छ ।

महानगरपालिकाले कुनै पनि संस्थागत भवनको नक्शा स्वीकृत गर्दा अपाङ्गतामैत्री हुनुपर्ने अनिवार्य गरेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रवद्र्धन शाखाले केही मन्त्रालय अपाङ्गमैत्री भएको र अन्य मन्त्रालयको भवनलाई पनि नेपाल सरकारको नीति अनुसार अपाङ्मैत्री बनाउन महिला मन्त्रालयले पहल गरिरहेको छ । भवन निर्माण संहितामा पनि भवन अपाङ्गमैत्री बनाइनुपर्ने उल्लेख छ ।

हुँदै नहुनुभन्दा सीमित मात्रामै भए पनि अपाङ्गमैत्री भौतिक संरचना बनाउने काम शुरू हुनु आफैमा सकारात्मक हो । तर अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन–२०७४ मा समेत भवन निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्ने भनिएको सन्दर्भमा अपाङ्गमैत्री भवन निर्माण गर्न आनाकानी गर्नेलाई कानून अनुसार कडा कारवाही गरिनुपर्छ ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको झन्डै दुई प्रतिशत (१ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३ सय २१) रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् । त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

पछिल्लो समय अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न केहि प्रयासहरु भएका छन, जुन आफैंमा सकारात्मक छ । तर पनि निर्देशिका जारी भएको ६ वर्ष हुँदा समेत सवै प्रकारका अपाङ्गता भएका व्यक्तिका आवश्यकताहरुलाई संबोधन गर्नेगरी भने सार्वजनिक शौचालय, बसपार्क र यातायात सेवा र सूचना तथा संचार प्रणलीहरु पहुँचयुक्त बन्नसकेका छैनन् । अब बनाइने संरचना अपाङ्गमैत्री हुनुपर्नेमा दुईमत छैन तर यसका लागि विद्यमान कानूनको प्रभावकारी परिपालनासँगै नागरिक समाजको सोचमै परिर्वतन हुनुपनि त्यतिकै जरुरी छ ।

[email protected]

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...