सांसद पद सकिनुअघि नै लिए कमल थापाले सपथ
काठमाडौं । चौतर्फी विरोध हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई सपथग्रहण गराएकी छन् ।
व्यवस्थापिका संसदको अन्तिम बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जम्बो मन्त्री मण्डल बनाउन नहुने भन्दै तीव्र विरोध गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको अधिकार प्रयोग गर्ने जवाफ दिएका थिए ।
संसदबाट बाहिरिएर राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री देउवाको उपस्थितीमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीमा कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथग्रहण गराएकी थिइन् ।
शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित मन्त्रीहरु दिलनाथ गिरी, जयन्त चन्द र विक्रम थापाले शपथ लिएका छन् । देउवाले शुक्रबार नै राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री नियुक्ति गरेका थिए । विस्तारित मन्त्रिमण्डल ६४ सदस्यीय भएको छ ।
प्रतिकृया दिनुहोस