यसरी दिए देउवाले ओलीलाई जवाफ : यतिउति भनेर संविधानमा कहाँ उल्लेख गरेको छ ?’

28 deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा मन्त्री यति बनाउने र उति बनाउने भनेर कही उल्लेख नगरेको प्रष्ट पारका छन् ।

व्यवस्थापिका संसदको अन्तिम बैठमका बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘यतिउति भनेर संविधानमा कहाँ उल्लेख गरेको छ ? आवश्यकता अनुसार पनि मन्त्री बनाउन नपाउने ?’

देउवाले आवश्यकता अनुसार मन्त्रिमण्डल सानो ठूलो हुने उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रिमण्डल पनि बिस्तार गर्न नपाउने ?’ प्रधानमन्त्री देउवाले भने, ‘आज ठूलो भयो होला, केही दिन हेर्नुस्, त्यो सानो पनि हुनसक्छ ।’

देउवाले आफ्नो सम्बोधनको सुरुमै प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जवाफ दिन खोजेका थिए । तर, उनले म पछि जवाफ दिन्छु भन्दै संविधान जारी भएकोमा खुसी व्यक्त गरेका थिए । ‘७ दशकको सपना पूरा भएको छ । संविधान निर्माण पूरा भएको छ’ भने, ‘यो जिम्मेवारी पूरा भएर आज म्याद सकिँदैछ । यसले उत्कृष्ठ संविधान जारी गरेकोमा धन्यवाद छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...