ओली सोध्छन्, ‘प्रधानमन्त्री ज्यू, तपाईलाई कुस्ती खेल्न मन्त्री चाहिएको हो ?’

Oli 28

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आजदेखि संसद् सकिएको अवस्थामा सरकारमा मन्त्री किन थप्नु भएको भनी प्रश्न गरेका छन् ।

‘आजैदेखि संसद सकिँदैन, तपाईलाई किन बहुमत चाहियो ?’ उनले भने, ‘लिष्ट गइहालेछ, ध्यान पुगेन होला, कहिलेकाही त चिप्लिएर ८ वटा नाम गएछ होला, फिर्ता लिनुस् ।’

व्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘के तपाईले मन्त्रीकै जुलुस गर्न लाग्नु भएको हो र ? ओलीले संसद् सकिन लाग्दा निर्वाचन गराउन मन्त्री थप्नुपर्ने अवस्था नभएको पनि बताए । ‘प्रधानमन्त्री ज्यू, किन चाहियो तपाईलाई यति धेरै मन्त्री ?’ उनले भने, ‘तपाईलाई कुस्ती खेल्न मन्त्री चाहिएको हो ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...