माओवादीलाई गाली गर्नेहरुले पनि अब बुझिसके : डिबी लामा

Jaaaa

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता धर्मेन्द्र लामा (डिबी) ले माओवादीलाई गलत ढंगले व्याख्या गर्ने दिन सकिएको बताए ।

उनले संघर्षका क्रममा माओवादीबाट भएका केही गल्तीलाई हेरेर सधैंभरि नराम्रो देख्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए । उनले माओवादीले लिएको सही बाटोले नै देशमा आमूल परिवर्तन भएको हुँदा त्योभन्दा अर्को गन्तव्य त्यतिबेला र यतिबेला पनि नभएको बताए ।

लामाले आफू माओवादीको राजनीतिमा लागेपनि सबै पार्टीको साझा मान्छे भएको बताए । ‘राजनीति भनेको समाजसेवा हो, यसलाई कसैले पनि दुरुपयोग गर्नु हुँदैन ’ उनले भने ‘ राजनीतिले देशलाई दिन सक्नुपर्छ, आम्दानीको बाटो राजनीति बनाइयो भने व्यापारीजस्तो बन्न जान्छन् पार्टीहरु, यो खतरा नआओस् भन्ने हो ।’ उनले राजनीतिसँगै समाजसेवामा पनि विशेष समय छुट्याएका छन् ।

समाजलाई चित्त बुझाउन सके राजनीतिमा आउने समस्याहरु आफंै हट्दै जान्छन् भन्ने उनी नेकपा माओवादी केन्द्रको तर्फबाट मकवानपुर क्षेत्र नम्बर एकको ‘ ख’ प्रदेशमा प्रतक्ष्यतर्फमा उम्मेदवार सिफारिसमा परेका छन् । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकामा उनी खुशीमात्र छैनन्, सँगसँगै जिम्मेवारी पनि थपिएको महसुुस गरेका छन् ।

‘ वास्तवमा म सामाजिक कार्यकर्ता हुँ, समाज बिकासमा म सधैं चिन्तित छु ’ उनले भने ‘ म एउटा यूवा नेता भएकाले भविष्य सोचेको छु त्यसैले सानातिना प्रभावमा परेर अहिले नै समाप्त हुनु छैन ।’ उनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको गठबन्धन आवश्यकताका आधारमा बनेको बताउँछन् ।

‘माओवादीले जनयुद्ध गरेर देश बिगारेको आरोप लगाउनेहरु आज सही बाटोमा आएका छन्’ उनले भने ‘ अबको निर्वाचनबाट देशमा कम्युनिष्ठ पार्टी बलियो हुन्छ र जनताले न्याय पाउँछन् ।

’ पार्टीले आपसमा तालमेल गर्ने निर्णय गरेपछि कसैलाई चित्त बुझ्छ कि बुझ्दैन भन्ने प्रश्नतिर जानु अव्यवहारिक भएको उनको टिप्पणी छ । एकता र तालमेल कसैको स्वार्थको लागिमात्र हुन्छ कि भन्ने प्रश्नमा भने ‘ राजनीतिमा शंका गर्ने ठाउँहरु हुँदैनन् भन्ने होइन देश ठूलो कुरा हो अन्य सानातिना स्वार्थ गौण राख्नुपर्छ, यो नै राजनीतिको मुलमन्त्र हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...