वाईसीएलले देश भर एकै दिन वडामा सम्मेलन गर्ने
काठमाडौँ । वाई सीएल नेपालको केन्द्रीय समितीको बैठकले कार्तिक ११ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले २९ सदस्य कार्यालय, ६५ सदस्य सचिबालय, १ सय ९९ सदस्यीय केन्द्रीय समितिको पूर्णता दिएको छ ।
साथै विभिन्न विभागहरु पनि गठन गरेको जनाएको छ । वाईसीएलले भोलि स्कुलिङ्ग तथा प्रशिक्षणको कार्यक्रम तय गरेको छ ।
पार्टी अध्यक्षबाट भोलि २३ गते डिजिटल एप्स उदघाटन गरि कार्यक्रम सुरुगर्ने भएकोले सबै जिल्लाका संयोजक र सचिबलाई समेत कार्यक्रममा बोलाईएको जनाएको छ ।
संगठनका अध्यक्ष दिपशिखाले संगठनलाई हाईटेक् प्रविधिमा लगि तल्लो तहसम्म संगठन सुदृढिकरणको अभियान लैजान निर्देशन दिए ।
विदेश रहेका युवाहरुलाई संगठति गर्ने उद्देश्यले विदेसमा विदेशमा स्थापना गर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस