तय भयो वाम गठबन्धनको सिट बाँडफाँडको आधार

सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुनेछ

Yemale maobadi and naya sakti unity ghosana 13 mgeph7vbwy

काठमाडौं । एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनले सिट बाँडफाँडबारे छलफल सुरु भएको छ ।


चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएपछि पहिलो पटक घोषणा पत्र मस्यौदा समिति र निर्वाचन क्षेत्र निर्धारण समितिको बैठक बसेको थियो । संयुक्त बैठकमा दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्गनिर्देश गरेका छन् ।

नेताहरुका अनुसार सिट बाँडफाँडमा अन्य दललाई दिएर बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुनेछ । यसका साथै २०७० को संविधानसभा चुनाव र स्थानीय चुनावमा पाएको मत, विजयी सुनिश्चिता र व्यक्तित्वलाई हेरेर सिट बाँडफाँड गर्ने सहमति भएको छ ।

यो समितिलाई ३ दिनभित्र काम सक्न भनिएको छ ।

घोषणा पत्र मस्यौदा समितिले पनि बिहीबारबाटै आफ्नो काम थालेको नेताहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...