बैंकहरुले ल्याए १० प्रतिशत नगद फिर्ता योजना

Bank visa card

काठमाडौं । बैंकहरुले सिधैं एटिएम कार्ड प्रयोग गर्दा १० प्रतिशत नगद दिने नयाँ प्रकारका योजना ल्याएका छन् । खासगरी नेपाल इन्भेष्टमेन्ट बैंक र यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुले यस्तो योजना ल्याएका हुन् ।

रकम भुक्तानीमा सोझै कार्डको प्रयोगलाई बढावा दिन नेपालका १० बैंकहरु मिलेर नौलो प्रयोग सुरु गरेका हुन् । विभिन्न १० बैंकका भिसा डोमेस्टिक कार्ड प्रयोग गरेर दैनिक न्युनतम ५ सयदेखि १० हजार रुपैयाँसम्मको सामान खरिद वा रकम तिर्दा भोलिपल्ट ग्राहकको खातामा १० प्रतिशत रकम फिर्ता आउने छ ।

यस योजनाअन्तर्गत भिसा कार्ड बाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रि केन्द्रहरुबाट सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आफ्नो खातामा फिर्ता पाउने छन् ।

दसैंलाई लक्षित गरी यसरी ल्याइएको सो योजनामा इन्भेष्टमेन्ट बैंकसँगै सेञ्चुरी कमर्सियल, ग्लोबल आइएमइ, कुमारी, मेगा, एनसीसी, राष्ट्रिय वाणिज्य, सानिमा, महालक्ष्मी विकास र टुरिजम डेभलपमेन्ट बैंकका भिसा प्रयोग गर्नेहरुले पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...