समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्छ : नेता पौडेल

ललितपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति संघद्वारा बुधबार आयोजित ‘संविधानमा आदिवासी जनजातिको हक, अधिकार र नेपाली काँग्रेसमा जनजातिको भविष्य’ विषयक गोष्ठीमा उहाँले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त काँग्रेसले मात्र अवलम्बन गरेको दाबी गरे ।
जनजाति वर्गको उत्थानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गरिरहेको उनको भनाइ थियो । उनले देशलाई आर्थिक रुपले सवल बनाउन कृषि क्रान्ति गर्नु जरुरी रहेको उल्लेख गरे। समावेशीको सिद्धान्तलाई व्यवहारमा ल्याउन संसदीय प्रणाली नै उचित रहेको नेता पौडेलको भनाइ थियो ।
नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय तथा पार्टीको सबै तह र तप्कामा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको उत्थानका लागि पार्टी र राज्यले समावेशीको सिद्धान्तलाई मजबूत किसिमले लागु गरिनुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा
धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत...
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्व...
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालि...
आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देव...
आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर...
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
फिक्कल (इलाम) । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ ...
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...
प्रतिकृया दिनुहोस