सडक दुर्घटना न्यून गर्न एकीकृत योजना आवश्यक : राष्ट्रपति भण्डारी
नेपालमा सरदर वार्षिक २ सयको सडक दुर्घटनामा ज्यान जान्छ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटनामा अमूल्य मानवीय जीवन क्षति हुन नदिन सरकारले एकीकृत योजना ल्याउनुपर्ने बताएकी छन् ।
राष्ट्रपति कार्यालयले बुधबार आयोजना गरेको ‘सडक दुर्घटना तथा मानवीय क्षतिका कारण र न्यूनीकरण’ विषयको सरोकार भएका निकायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सडक दुर्घटनाका विषयमा काम गर्ने विभिन्न निकायले समन्वयात्मक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् ।
'दुर्घटना न्यून गर्न सवारीसाधन प्राविधिकरुपमा ठीक हुनुपर्छ, चालक सवारी चलाउन निपूण हुनुपर्छ, सवारी चलाउने बेलामा अन्यत्र ध्यान दिनु हुन्न' राष्ट्रपति भण्डारीले भनिन् । उपत्यकाको सडक क्षमता थाहा हुँदाहुँदै बढी सवारी भित्रिँदा सडक सुरक्षामा चुनौती थपिएको उनको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक दुर्घटना बढ्दा नेपालका प्रविधिज्ञको विज्ञतामै प्रश्न चिह्न उठेको बताए । 'राजनीतिज्ञले सबै विषय जाने झैँ गर्नुहुन्न, विज्ञको क्षमता बुझ्नुपर्छ, नजानेको विषय बुझे झैँ गरेर काम गराउँदा विकास निर्माणका काममा गल्ती भएको छ'उनले भने ।
सडक मर्मतका लागि उठेको २० अर्बमध्ये अर्थ मन्त्रालयले रु चार अर्बमात्र दिएका कारण काम गर्न अप्ठ्यारो भएको मन्त्री बलायरको गुनासो थियो ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल, यातायात व्यवस्था विभागका निर्देशक डा पद्मबहादुर शाही, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, सडक विभागका नरेशमान शाक्य, अनुसन्धानकर्ता पुष्पराज पन्त, वातावरणविद् भूषण तुलाधर, उपप्राध्यापक भगवती सेढाईं लगायतका वक्ताले नेपालमा सडक दुर्घटना बढ्दै गएकाप्रति चिन्ता व्यक्त गरेका थिए ।
विश्वमा वार्षिक साढे १२ लाख मानिसको सडक दुर्घटनाका कारण निधन हुने गरेको छ । पाँच करोड मानिस घाइते हुने गरेका छन् । दुर्घटनामा २५ देखि २९ वर्ष उमेर समूहका मानिस बढी मर्ने गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो ।
नेपालमा सरदर वार्षिक २०० जनाको सडक दुर्घटनामा निधन हुने गरेको छ । विसं २०६४ देखि हालसम्म सडक दुर्घटनाकै कारण एक हजार ४ सय ९४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस