३ दिन सम्म लगातार घटेको सुनको मूल्य बढ्यो
काठमाडौँ । ३ दिन सम्म लगातार घटेको सुनको मूल्य बुधबार बढेको छ ।
यो साता गएको आइतबार यता सुन र चाँदीको मूल्य घट्दै आइरको थियो तर साताको चौँथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रति तोला ५६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन बुधबार २ सयले बढेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
प्रतिकृया दिनुहोस