विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएका छन् ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुन्छ ।'
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रत्यक्ष कार्यकारी प्रमुख नै राख्नुपर्छ भन्ने एजेण्डा पहिलो संविधान सभा निर्वाचनका बेला नेपाली काँग्रेस, एमाले र मधेश केन्द्रित दलहरुले पनि सहमति जनाएको उल्लेख गर्दै सरकार टिकाउन मन्त्री थप गर्नैपर्ने, नौ÷नौ महिनामा सरकार फेर्नैपर्नेजस्ता प्रवृत्तिको अन्त्यका लागि भएपनि जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख व्यवस्था हुनुपर्नेमा जोड दिए ।
'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख व्यवस्थाका फाइदा जनतालाई बुझाउन जरुरी छ, यो राष्ट्र एकताको हितमा छ, विदेशी शक्तिको विभिन्न खालका चलखेल रोक्नलाई पनि त्यस्तो एउटा शक्तिशाली केन्द्र नेपालमा आवश्यक छ,' उनले भने ।
अध्यक्ष प्रचण्डले सबै माओवादी पुनः एक ठाउँमा आउनुपर्नेमा जोड दिदैं प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जहाँ जोसँग सहकार्य गर्दा उपयुक्त हुन्छ, उही दलसँग सहकार्य वा तालमेल गरिन्छ भने।
देउवा नेतृत्वको वर्तमान सरकारले नै प्रदेश र केन्द्रको निर्वाचन गराउने बताउँदै उनले एमालेसँग मिलेर नयाँ सरकार बनाउने भन्ने कुरा गलत भएको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले आफू चितवनबाट चुनाव लड्ने बताउँदै गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे वा अरु कोही नेता चुनाव लड्छ तर यसवारे अन्तिम टुंगो पार्टीले लगाउँछ भने ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित
धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...
प्रतिकृया दिनुहोस