खाँदबारी नगरपालिकाको बजेट ४३ करोड

  e82f57be075516634b98eecd1a6eee5

संखुवासभा । खाँदबारी नगरपालिकाले आव २०७४/०७५ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले नगरपालिकाको प्रथम नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमसहित बजेट सोमबार सार्वजनिक गरेका हुन ।

प्रस्तुत बजेटमा गत वर्षबाट जिम्मेवारी सरिआएको रु ७४ लाख २७ हजार ५८९, आन्तरिक आम्दानीतर्फ रु एक करोड २६ लाख १३ हजार ५०० र बाह्य अनुदानतर्फ रु ४१ करोड ३० लाख ९१ हजार ८०० गरी जम्मा रु ४३ करोड ३१ लाख ३२ हजार ८८९ रुपैयाँ ५० पैसाको बजेट प्रस्तुत गरेका हुन ।

नगरसभाले यस वर्ष नगरपालिकाका ११ वटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए। नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख खतिवडाले प्रत्येक वडालाई रु ५२÷५२ लाख विनियोजन गरेको जानकारी दिए । उनका अनुसार विनियोजित बजेटमा ६५ प्रतिशत भौतिक निर्माणमा खर्च गरिनेछ ।

कुल रकमबाट प्रशासनिक खर्चतर्फ १० दशमलव ५९ प्रतिशत, सामाजिक तथा प्रवद्र्धनात्मक विकास कार्यक्रमअन्तर्गत १४ दशमलव ९३ प्रतिशत, भौतिक पूर्वाधार विकास निर्माणतर्फ ७४ दशमलव ४८ प्रतिशत खर्च गर्ने प्रस्ताव गरिएको छ ।

नीति तथा कार्यक्रममा बृहत् शहरी विकास गुरुयोजना निर्माण गर्ने, प्रत्येक वडामा सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, महिला तथा बालबालिका तथा लैंगिक समानता, खेलकुद, धार्मिक, सांस्कृतिक, सुशासनसम्बन्धी क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले खाँदबारी नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था तथा दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै नगरको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...