नयाँ सञ्चार नीति ल्याउने गृहकार्य भइरहेको छ : सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले इन्टरनेट र टेलिफोन सेवालाई चालु आवभित्र ७५ जिल्लाका शिक्षण संस्था र स्वास्थ्य संस्थामा पु¥याउने प्रयत्न भइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले सूचना प्रविधिलाई धेरैभन्दा धेरै जनताको पहुँचमा पु¥याउन सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेतर्फ सरकार लागिरहेको बताए ।
मन्त्री बस्नेतले मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ सञ्चार नीति ल्याउनका लागि द्रुत स्तरमा काम भइरहेको छ भने ।
स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले अब हुने निर्वाचनमा कुनै पनि दल चुनावबाट भाग्न नसक्ने बताए ।
नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा सञ्चार क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।
नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले समाजका विभिन्न गतिविधि तथा जनताका अवस्थालाई नेतृत्वसम्म पु¥याउने र नेतृत्वका गतिविधिलाई पनि जनताबीच पु¥याएर देशमा सुशासन कायम गर्न सञ्चार क्षेत्रलाई सुझाव दिए।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा बिग्रदै गएको सामाजिक सद्भावलाई कायम राखेर सबै नेपालीलाई एकताबद्ध गर्न सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र केन्द्रको निर्वाचनका लागि मिति तोकिसकेकाले अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलले चाडपर्वका नाममा चियापान नगर्न आग्रह गरे।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, पूर्वराज्यमन्त्री दीपक खडका, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरलगायतले सञ्चार क्षेत्रले दिने सूचनाका आधारमा सबैले भविष्यका योजना तथा दृष्टिकोण निर्माण गर्ने हुँदा यसलाई सन्तुलित, स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने खाँचो औँल्याए ।
नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले मुलुकलाई आर्थिक विकास र समृद्धिको मार्गतर्फ लैजान सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ भने ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस