संविधानको कार्यान्वयनमा स्थानीय तह निर्वाचनले सकारात्मक सन्देश दियो : नेता नेपाल
इटहरी । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले सोही अवसरमा प्रदेश नं २ को स्थानीय तहको निर्वाचनले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने भएकाले अहिलेको निर्वाचन परिणामले नेकपा (एमाले)लाई कसरी अघि बढ्नुपर्छ भन्ने रणनीति बनाउन बल पुगेको बताए ।
उनले प्रदेश नं २ मा पनि भरसक एमाले पहिलो पार्टी हुन्छ भन्ने पार्टीको सोच थियो तर जनताले पहिलो पार्टी नबनाए पनि पक्कै दोस्रो हुने दाबी गरे । नेता नेपालले स्थानीय तह भौतिक पूर्वाधार निर्माणको हिसाबले निकै मजबुत बन्न सक्ने र हरेक स्थानीय तहको वडामा रु तीन करोडसम्म विकास बजेट पुग्ने अवस्था सिर्जना भइसकेको छ भन्दै प्रदेशका स्थानीय तहमा एमालेको शक्ति सञ्चालनका लागि प्रदेश निर्वाचन पनि एमालेले जित्नै पर्ने अवस्था रहेकाले त्यहीअनुसारले सक्रियता बढाउनुपर्नेमा पनि जोड दिए ।
उनले प्रदेशको चुनावमात्र होइन अब एमालेका लागि संघको चुनावसमेत जित्नै पर्ने स्थिति सामु आएकाले एमालेका सबै भ्रातृ संघ संगठनले आफूलाई पनि पार्टीको काँधमा आएको उक्त जिम्मेवारी एवं चुनौतीलाई ध्यान दिइ अघि बढ्न पनि सबैलाई आग्रह गरे ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष मदन आचार्यको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रीय अध्यक्ष एवं पर्यटन व्यवसायी चन्द्र रिजाल, लक्ष्मण तिवारी, एलपी साँवा लिम्बू, पर्यटन व्यवसायी रेवतबहादुर थापा, इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, गोविन्द कार्की, दिल्लीराम शर्मा लगायतले बाेलेका थिए ।
कार्यक्रममा पर्यटन व्यवसायका क्षेत्रमा लामो समयदेखि कार्यरत व्यवसायीले उक्त अवसरमा प्रदेश नं १ लाई पर्यटनको संभावना भएका क्षेत्रलाई यथार्थमा पर्यटक आगमनका केन्द्रका रुपमा विकास गर्नेबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । भेलाले प्रदेश नं १ को पर्यटन व्यवसायीको नयाँ संगठन पदाधिकारीहरुको चयनसमेत गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस