रौतहटको गरुडा नगरपालिकामा एमाले अगाडि

रौतहटको गरूडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका शेख कल्ला मुल्ली २१७ मतका साथ अगाडी लागेका हुन्। उनलाई कांग्रेसका सुनिलकुमार यादवले पछ्याइरहेका छन्। यादवको १०७ मत छ। माओवादी केन्द्रका सुरेन्द्रकुमार जैसवालले ६३ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत नविनकुमार जोशीले उपमेयरमा भने संघीय फोरमकी उम्मेद्वार अगाडि रहेको जानकारी दिए। फोरमकी बिन्दुकुमारी यादव ७१ मतका साथ अगाडि छिन्।

जोशीले आजै चार ठाउँमा मतगणना गरेर छिटो भन्दा छिटो मतगणना सक्ने तयारी भैरहेको बताए। गरुडामा १९ हजार ६ सय भन्दा धेरै मत खसेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...